जसले छुवाछुत गर्छ त्यसलाई कार्बाही हुन्छ : प्रधानमन्त्री ओली


Share This


नेपालबहस संवाददाता    170 Views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले छुवाछुत गर्छ त्यसलाई कार्बाही गर्ने तथा उन्मुक्ति नदिइने बताएका छन् ।जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा दिवशका अवसरमा सोमबार एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

नेपालको संविधानको प्रस्तावनामा नै सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामुलक समाज निर्माण गर्ने संकल्प गरेकोले त्यसको पालनामा सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रममा जातीय भेदभाव, उत्पीडन तथा छवाछुत एवं सामाजिक कुरीतिलाई नामेट गर्ने प्रतिवद्धता व्यक्त गरिएको प्रधानमन्त्री ओलीले स्मरण गराएका छन् ।

समाजका सम्पूर्ण सदस्यहरूको हातेमालोबाट नै छुवाछुत प्रथा जस्तै अन्य विकृत प्रथाहरू अन्त्य हुने प्रधानमन्त्री ओलीको विश्वास छ । यस अभियानमा सहयोग गर्न प्रधानमन्त्ती ओलीलाई सबैलाई आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया