विपद् जोखिम न्यूनिकरण गर्न प्राधिकरण गठनको तयारी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सरकारले विपद् जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने घोषणा गरेको छ । गृहमन्त्री रामबहादुर थापा वादलले विपद् जोखिम न्यूनिकरणका लागि कार्यकारी अधिकारसहितको विपद जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने घोषणा गरेका हुन् ।

बुधबार काठमाडौंमा आयोजित ‘विपद जोखिम न्यूनिकरणसम्बन्धि अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री थापाले प्राधिकरण छिट्टै गठन हुने र त्यसले विपद् जोखिम न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

नेपालमा हरेक वर्ष औसतमा ९ सय जना मानिसको ज्यान बाढि, पहिरोलगायतका प्राकृतिक विपत्तिका कारण हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ ।

गृहमन्त्री थापाले सरकारले विपद जोखिम न्यूनिकरणका लागि स्थानीय तहसम्मै संरचना खडा गरेर अघि बढने योजना पनि अघि सारे । गृहमन्त्री थापाले विपद् जोखिम न्यूनिकरणका लागि ऐन, कानुनमा सुधार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

तपाईको प्रतिक्रिया
Road Show Real State