म्याच फिक्सिङको अभियोगका पाँचै जनालाई विशेष अदालतद्वारा सफाइ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । म्याच फिक्सिङको अभियोगमा ४ फूटबलर र एक प्रशिक्षकले विशेष अदालतबाट सफाइ पाएका छन् । नेपाली राष्ट्रिय फूटबल टोलीका पूर्वकप्तान सागर थापासहित खेलाडीहरू सन्दीप राई, विकाससिंह क्षेत्री र रितेश थापा तथा प्रशिक्षक अञ्जन केसीलाई विशेष अदालतले बिहीवार सफाइ दिएको हो ।

पैसाको प्रलोभनमा नेपाली टीमलाई हराउन मिलेमतो गरेको आरोपमा पक्राउ परेका पाँचै जनामाथि विशेष अदालतमा मुद्दा चलेको थियो ।यद्यपि उनीहरू यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State