प्रधानन्यायाधीश नियुक्तिको माग राख्दै परेको रिट खारेज


Share This


नेपालबहस संवाददाता    78 Views

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग राख्दै परेको बेग्लाबेग्लै रिटमा एकसाथ आदेश दिँदै सर्वोच्च अदालतले बिहीबार ती दुवै रिट अन्तरिम आदेश दिइरहनुनपर्ने भन्दै खारेज गरिदिएको छ।

न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो। संवैधानिक प्रावधानअनुसार खालि भएको १ महिनामा प्रधानन्यायाधीश नियुक्ति नभएको भन्दै नियुक्तिको माग राखेर परेका दुवै रिट खारेज भएका हुन्।

पसंसदीय सुनुवाइ समिति नबनिसकेको अवस्थामा प्रधानन्यायाधीशको नियुक्ति नहुनु स्वाभाविक भएको भन्दै राणाले रिट खारेज गरेका हुन्।

अधिवक्ताद्वय सन्तोष भण्डारी र लक्ष्मीप्रसाद पोखरेलले सरकारले पद खालि भएको करिब तीन महिना बितिसक्दा पनि सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्ति नगरेको भन्दै बेग्लाबेग्लै रिट दायर गरेका थिए।

तपाईको प्रतिक्रिया