बजेटमा मन्त्रालयगत शीर्षकमा आजबाट छलफल सुरु


Share This


नेपालबहस संवाददाता    90 Views

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज ९आइतबार०बाट आगामी आर्थिक वर्ष २०७५र७६ को बजेटमा मन्त्रालयगत शीर्षकमा छुट्टाछुट्टै छलफल सुरु हुँदै छ । आज पहिलो दिन ४ वटा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

बिहान ११ बजेदेखि सुरू हुने उक्त बैठकमा आज कृषि भूमि व्यवस्था तथा सहकारी, सञ्चार तथा सूचना प्रविधि, खानेपानी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने कार्यसूचि रहेको छ । मन्त्रालयगत रुपमा छुट्याइएको आव २०७५र७६ को बजेटमाथि ६ दिनसम्म छलफल चल्नेछ । यसका लागि संघीय संसद सचिवालयले बजेटको मन्त्रालयगत छलफलको सम्भावित कार्यसूचि प्रकाशित गरिसकेको छ ।

कार्यसूचि अनुसार, सोमबार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालय गरी ३ वटा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । त्यस्तै, जेठ २९ गते मंगलबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयगरी ४ वटा मन्त्रालयको बजेटमा छलफल हुनेछ ।

यस्तैगरी जेठ ३० गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जेठ ३१ गते उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय र असार १ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रिपतिको कार्यालयका लागि छुट्याइएको बजेटमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

छलफल दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । असार १ गते छलफल सकिएपछि विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया