नेपाल प्रहरीमा तीनजना मात्रै एआईजी रहने दरबन्दी कायम


Share This


नेपालबहस संवाददाता    120 Views

काठमाडौं । नेपाल प्रहरीमा अब तीनजना एआईजी मात्रै दरबन्दी रहने बताइएको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा तीनजना मात्रै एआईजी रहने गरी दरबन्दी कायम गरेको छ । यसअघि १५ जना एआइजी रहने व्यवस्था थियो ।

सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी २ जना कायम गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए। बैठकले स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिलाई पहिलो प्राथमिकता दिई आउँदो आर्थिक वर्ष भित्र १६ सय दरबन्दी र बाँकी दरबन्दी क्रमशः पदपूर्ति गरिने सरकारका प्रवक्ता बास्कोटाले बताए ।

यसैगरी सरकारले तातोपानीको मितेरी पुल र रसुवागढी–स्याफ्रूबेँसी र चीनको ज्याङबु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव पनि स्वीकृत गरेको छ । दुवै पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ ।

त्यसैगरी नेपाल र चीन सरकारबीच उर्जा क्षेत्रमा सहकार्य गर्नका लागि आवश्यक समझदारी गर्ने अख्तियारी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीलाई दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता बास्कोताले बताए ।

चीनको नेश्नल इनर्जी अफ एडमिनिष्ट्रेशनले नेपालको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग उर्जा क्षेत्रमा सहकार्यका लागि समझदारी गर्ने प्रस्ताव अघि सारेको थियो ।

तपाईको प्रतिक्रिया