असार ४ गते गोलाप्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल तय हुने


Share This


नेपालबहस संवाददाता    86 Views

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुको कार्यकाल असार ४ गते गोलाप्रथाबाट तय गरिने भएको छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुने प्राबधान छ । सोही अनुसार राष्ट्रियसभा नियमावली बनेको हो ।

नियमावलीका अनुसार। पहिलो पटकको लागि गोला प्रथाबाट १९ जनाको पदावधि २ वर्षको कायम हुनेछ । त्यस्तै अरु २० जनाको पदावधि पनि गोलाप्रथाबाटै ४ वर्ष तोकिनेछ । बाँकी २० जना को पदाबधि भने ६ वर्ष पूरा हुनेछ ।

दलित र अल्पसंख्यक अपांग कोटा बाहेक प्रत्येक प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सदस्य जो जुन क्लस्टरबाट निर्वाचित भएका हुन् उनीहरुकै बीचमा मात्र गोलाप्रथा गरिने नियमावलीमा व्यवस्था गरिएको छ ।

उदाहरणका लागि प्रदेश ४ बाट खुलातर्फबाट निर्वाचित भएका राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा र विपक्षी दलका नेता सुरेन्द्र पाण्डेबीच गोला प्रथा गरिनेछ । उनीहरुमध्ये गोला तानेर एकजना २ वर्ष,अर्को ४ र अर्कोले ६ वर्षको लागि निर्वाचित भएको घोषणा हुनेछ ।

तपाईको प्रतिक्रिया