सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न ‘गोरे’सहित तीन जनालाई काठमाडौं ल्याइदै


Share This


नेपालबहस संवाददाता    106 Views

बिराटनगर । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई सोमबार दिउँसो काठमाडौं ल्याइने भएको छ ।

जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएपछि उप्रेतीसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई काठमाडौं ल्याउन लागिएको हो । ।

गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने खत्रीलाई क्षेत्रीय कारागार, झुम्कामा राखिएको थियो । तीनै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धान टोलीलाई छलेर लामो समय फरार भएका एसएसपी श्याम खत्रीले जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । उनले इन्कारी बयान दिएका छन् । भुजुङ भने अनुसन्धानको प्रारम्भीक चरणमै पक्राउ परेका थिए । मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई आज सोमबार फ्लाइटमार्फत काठमाडौं ल्याइन लागिएको हो ।

तपाईको प्रतिक्रिया