‘हेलो प्रधानमन्त्री’ कार्यक्रम सुरु हुँदै


Share This


नेपालबहस संवाददाता    210 Views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताइएको छ ।

कथा नेपालले तयार गर्ने ‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “जनताप्रतिको जिम्मेवारी पूरा गर्न यो सरकार प्रतिबद्ध छ ।”

आफ्ना भनाइ ढुक्कसँग राख्न जनतालाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले जनताको कुनै पनि प्रश्न निरुत्तरित हुँदैन, समय सन्दर्भअनुसार हरेक प्रश्नको हल हुदै जाने बताए । सामाजिक न्यायमा आधारित सुदृढ राष्ट्रिय एकतामा मुलुकलाई अगाडि बढाउने बताउँदै प्रधानमन्त्री ओलीले विकासको बाटोमा सही नीति र कार्यक्रमका साथ सरकार अगाडि बढेको दाबी गरे ।

जनतालाई सकारात्मक अधिकारको प्रत्याभूत गराउने सरकारको लक्ष्य भएको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले स्वार्थमा भन्दा पनि सामाजिक जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा कथा नेपालका प्रबन्ध निर्देशक मनोज पाण्डेले ‘हेलो प्रधानमन्त्री’ कार्यक्रम विभिन्न टेलिभिजनमार्फत हरेक १५ दिनमा एकपटक जनताको प्रश्नको जवाफसहित आउने बताए ।

कार्यक्रमलाई सरकारको नीति तथा कार्यक्रम, सरकारको बजेट र प्रधानमन्त्रीले दिउको अभिव्यक्तिलाई आधार बनाउने पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया