ओलीको चीन भ्रमण पछि प्रचण्ड भारत जाने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन भ्रमण जाने भएका छन् । तर, उनी पहिले भारत जाने कि चीन भन्ने खुलाएका छैनन् । यद्यपी, निम्तोको हिसाबले उनले पहिलो भारतको निम्ता पाएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आएको बेला आफूलाई भारत भ्रणको निम्ता गरेको तथा एमालेसँग पार्टी एकता भइसकेपछि पार्टी अध्यक्षको हैसियामा चीन भ्रमणको निम्ता आएको प्रचण्डले बताए । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि आफू त्यसतर्फ जाने अध्यक्ष प्रचण्डको भनाई छ ।

मंगलबार चितवनको भरतपुर महानगरपालिकाले गरेको कार्यक्रममा उनले आफू विकासको एजेण्डा लिएर दुई छिमेकीको भ्रमणमा जान लागेको बताए । नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले विकासको मात्रै एजेण्डामा छलफल गर्न भारत भ्रमणको निम्ता दिएको प्रचण्डले स्पष्ट पारे ।

साथै, प्रधानमन्त्री फर्केपछि पार्टी अध्यक्षको हैसियतमा चीन आउन आफूलाई बोलाइएको भन्दै उनले चीन जाने बताएका छन् । ओलीको भ्रमणपछि चीन आउन भनेर आफूलाई चिनियाँ कम्युनिष्ट पार्टीको निम्ता आइसकेको उनले बताए । प्रधानमन्त्री ओली असार ५ गते चीन जाँदैछन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State