विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रुसको विजयी शुरुवात


Share This

नेपालबहस संवाददाता    

एजेन्सी, ३१ जेठ । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रुसले प्रभावशाली जितसहित शानदार विजयी शुरुवात गरेको छ ।

उसले पहिलो खेलमै एसियाली देश साउदी अरेबियालाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । रुसलाई जिताउन लुरी ग्याजेन्स्की, डेनिस चेरीसेभ र अर्टिम ड्ज्युवाले गोल गरे ।

एकपक्षीय जस्तै भएको खेलमा रुसले शुरुवातबाटै साउदीलाई दबाबमा राख्न सफल भएका थियो । यसका लागि ग्याजेन्स्कीले खेलको १२ औँ मिनेटमा हेड गोल गर्दै घरेलु दर्शकको मन जित्न सफल भए ।

त्यसपछि पनि राम्रा अवसर पाएको रुसले भने ४३ मिनेटमा डेनिसको आकर्षक गोलबाट अग्रता लियो । त्यसपछि निकै दबाबमा परेको साउदीलाई भने दोश्रो हाफको ७१ औँ मिनेटमा अर्टिमको गोलले हार निश्चित गरायो ।

यस्तै थपिएको ४ मिनेटमा रुसले दुई गोल थप्न सफल भयो । उसका लागि डेनिसले अतिरिक्त समयको पहिलो मिनेटमै गोल गरे भने सब्स्टिच्युट खेलाडीका रुपमा मैदान छिरेका अलेक्जेन्डर गोलोबिनले चौथो गोल गरे ।

विश्वकपको ए ग्रुपमा आयोजक रुसले घरेलु मैदानमा शानदार शुरुवात गरेपनि अघिल्लो चरणका लागि उरुग्वे र इजिप्ट जस्ता बलिया टोलीसँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State