विश्वकप फुटबलमा आज तीन खेल हुदैँ, उरुग्वे र इजिप्टमध्ये को बलियो ?


Share This


नेपालबहस संवाददाता    244 Views

काठमाडौँ, १ असार । विश्वकप फुटबलमा आज तीन खेल हुदैछन् । पहिलो खेलमा बेलुकी ५ बजे इजिप्ट र उरुग्वे खेल्दैछन् ।

यस्तै राती पौने ९ बजे समुह बी का मोरक्को र इरान खेल्दैछन् भने राती पौने १२ बजे उपाधि दाबेदार स्पेन र पोर्चुगल खेल्नेछन् ।

उरुग्वे र इजिप्टमध्ये को बलियो ?

ग्रुप ए का उरुग्वे र इजिप्ट दुबै अघिल्लो चरण जान सक्ने टिम हुन् । इजिप्टका नयाँ सुपरस्टार मोहम्मद सलाह र उरुग्वेका सुपरस्टार लुइस स्वारेजबीचको भिडन्तका रुपमा पनि यो खेल लिइएको छ ।

सन् १९३० मा पहिलोपटक विश्वकप आयोजना हुदाँ बाजी मारेको उरुग्वको टोली इजिप्टको तुलनामा धेरै बलियो छ । उसका फरवार्डका बार्सिलोनाका स्वारेज र पिएसजीका एडिसन काभानी उत्कृष्ट लयमा छन् ।

सलाहकै भरमा रहेको इजिप्टलाई हराउन स्वारेज र काभानीको प्रदर्शन नै पर्याप्त मानिएको छ । तर इंग्लिस क्लब लिभरपुललाई १२ बर्षपछि च्याप्यिन्स लिगको फाइनल पुर्याएका सलाह पनि कमजोर छैनन् ।

इजिप्का वान मेन आर्मी सलाह

चोटका कारण किभमा फाइनल खेल्न नसकेका सलाह अहिले उत्कृष्ट फर्ममा छन् । उनले प्रिमियर लिगमा सर्वाधिक ३२ गोल गरेर गोल्डेन बुट लगायत यस बर्ष थुप्रै अवार्ड पनि हात पारिसकेका छन् ।

उनले अग्रपंक्तिमा निर्क उत्कृष्ट खेलेर गोल गर्ने हो भने आज इजिप्टको भाग्य चम्किनेछ ।

कम छैनन स्वारेज र काभानी

विश्वकै पहिलो विजेता उरुग्वेलाई पनि कम आक्न सकिन्न । उसले कुनै बेला ब्राजिल, जर्मनी, इटाली लगायतका टिमलाई हराएको इतिहास छ ।

स्वारेज पनि पहिले लिभरपुलमै खेलेर गत विश्वकपछि बार्सिलोना गएका थिए । त्यसैले यी दुई खेलाडीलाई प्रिमियर लिगका उत्कृष्ट खेलाडी मानिन्छ । लिभरपुलका सलाहलाई पनि स्पेनिस क्लब रियलले आँखा लगाईरहेको छ ।

त्यसमाथि स्वारेज र काभानीको तालमेलले यो विश्वकपमा उरुग्वे कम्तीमा पनि सेमीफाइनलसम्म पुग्ने फुटबल पण्डितहरुको विश्लेषण छ ।

तपाईको प्रतिक्रिया