सुशासन र विकासको यात्रामा अगाडि बढ्न प्रधानमन्त्री ओलीको आग्रह


Share This


नेपालबहस संवाददाता    124 Views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तन संस्थागत भइसकेको हुदा अब सुशासन र विकासको यात्रामा अगाडि बढ्न आग्रह गरेका छन् ।

नेपाल जग्गा तथा आवास विकास संघद्वारा आयोजित सातौँ घर जग्गा मेला (प्रोपर्टी एक्स्पो) भृकुटीमण्डपमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि सरकारले सबैसित मिलेर काम गर्न चाहेको बताए ।

उनले असुरक्षित बस्ती तथा आवास हटाई शिक्षा, स्वास्थ्य, खानेपानी सबैको सुविधा भएको गाउँ तथा शहर निर्माणमा सरकारले ध्यान दिएको चर्चा गर्दै पुष्पलाल राजमार्ग तथा हुलाकी राजमार्ग लगायतका राजमार्गमा विभिन्न स्थानमा शहरको विकास गर्न लागेकाले यसमा सरकारलाई सहयोग गर्न बताए ।

काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक सुन्दरतालाई जोगाउँदै बढ्दो आवास निर्माणमा पुनःसंरचना गर्न आवश्यक रहेकामा उनले जोड दिए ।

तपाईको प्रतिक्रिया