विश्वकप फुटबलमा उरुग्वे र इजिप्ट खेल्दै, सलाह बेञ्चमा


Share This


नेपालबहस संवाददाता    96 Views

काठमाडौं । विश्व फुटबलमा अहिले समूह ए का इजिप्ट र उरुग्वे खेलिरहेका छन् । तर अफ्रिकन टिम इजिप्टका मुख्य स्ट्राइकर मोहम्मद सलाह पहिलो हाफमा बेञ्चमै बसेका छन् ।

पहिलो हाफमा दुबै टोलीले आक्रामक खेलेपनि गोल गर्न सकेका छैनन् । उरुग्वेका लुइस स्वारेज र एडिसन काभानीले शुरुवातबाटै इजिप्टमाथि आक्रमण गरिरहेका छन् ।

च्याम्पियन्स लिग फाइनलमा लिभरपुलका स्ट्राइकर सलाह घाइते भएका थिए । उनी खेल्नका लागि फिट भएपनि पहिलो हाफमा बेञ्चमै बसेका छन् । यद्यपी उनले दोश्रो हाफमा खेल्ने सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया