सलाह बेञ्चमै बस्दा इजिप्ट हार्यो, गिमेनिजको गोलले उरुग्वेलाई तीन अंक !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ, १ असार । मोहम्मद सलाह दोश्रो हाफमा पनि बेञ्चमै सिमित हुँदा विश्वकप फुटबलको पहिलो खेलमा इजिप्ट पराजित भएको छ ।

८९ मिनेटसम्ममा उरुग्वेलाई रोकेको इजिप्टले अन्तिम एक मिनेट सम्हालिन सकेन् । उरुग्वेलाई जिताउन जोशे गिमेनिजले निर्णायक गोल गरे ।

उरुग्वेका लागि एडिसन काभानी र लुइस स्वारेजले थुप्रै अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन । तर गिमेनिजले अन्तिम ९० मिनेटमा पाएको अवसरलाई गोलमा परिणत गरे ।

खेल शुरु हुनुअघिसम्म सलाहले दोश्रो हाफमा पक्का खेल्ने अनुमान थियो । तर उनलाई मैदान उतारिएन । यसैको मुल्य इजिप्टले उरुग्वेलाई १० गोलको नतिजा सुम्पनुपर्यो ।

जितसँगै उरुग्वेले महत्वपूर्ण ३ अक बटुलेको छ । समुह ए मा हिजो आयोजक रुसले सायदी अरेबियालाई हराउँदै विजयी शुरुवात गरेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State