को हुन विश्वकपमा इजिप्टलाई हराउने २३ बर्षीय जोशे गिमेनिज ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ, १ असार । विश्वकप फुटबलको दोश्रो दिन इजिप्ट र उरुग्वेबीचको खेलले धेरैलाई आश्चर्यमा पार्यो । पहिलो आश्चर्य थियो, इजिप्टका मुख्य फरवार्ड मोहम्मद सलाहले नखेल्नु । अनि दोश्रो आश्चर्य हो, काभानी र स्वारेज नभई जोशे गिमेनिजले उरुग्वेका लागि विजयी गोल गर्नु ।

मोहम्मद सलाहबिनाको इजिप्टलाई विश्वकपको समूह चरणमा उरुग्वेले सहजै हराउने धेरैको अनुमान थियो । तर लुइस स्वारेज र एडिसन काभानी जस्ता विश्वस्तरीय फरवार्ड भएको उरुग्वेले मुश्किलले खेल जित्यो ।

त्यो पनि २३ बर्षीय गिमेनिजको अन्तिम मिनेटको एक गोलले । उरुग्वेका डिफेन्डर गिमेनिजले कर्नरबाट आएको बललाई हेड प्रहार गरेर इजिप्टको पोष्ट छिराएका थिए ।

उनको गोलपछि गिमेनिजको चर्चा मात्रै छैन, स्वारेज र काभानीलाई समेत छायामा पारेको छ । धन्यै हार्न लागेको उरुग्वेलाई जिताउने गिमेनिज आखिर को हुन त ?

को हुन गिमेनिज ?

२३ बर्षका गिमेनिज सन् १९९५ जनवरी २० मा उरुग्वेको तोलेडो शहरमा जन्मिएका हुन् । सानै छदा फुटबल खेल्दै हुर्केका उनी उरुग्वेको टोलीबाट खेलिरहेका छन् ।

२३ बर्षमै उनी सफल मात्रै छैनन् । उरुग्वेको डिफेन्समा पर्खाल बन्ने जिम्मेवारीलाई कुशलतापुर्वक निभाईरहेका छन् ।

उनको क्षमतालाई नजर अन्दाज गर्दै स्पेनिस क्लब एट्लेटिको मडिडले उनलाई केही बर्षअघि नै अनुबन्ध गरेको थियो । एट्लेटिकोमा पनि अब्बल डिफेन्डर उनी पहिलो रोजाईकै खेलाडी हुन् ।

उनले रियलका सर्जियो रामोस र बार्सिलोनाका जेरार्ड पिकेजस्तै टिमलाई संकट परेका बेला गोल गरेर खेल आफ्नो पक्षमा पार्छन् । यसको पुष्टि उनले शुक्रबार राती इजिप्टविरुद्ध गोल गरेर देखाइसहेका छन् ।

रेजिना राफोल्लासँग सम्बन्धमा रहेका उनी फुटबलमा अब्बल खेलाडी बन्दै गएका छन ।

तपाईको प्रतिक्रिया
Road Show Real State