विश्वकपमा एसियाली देश इरानको उपहार गोलबाट विजयी शुरुवात


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ, १ असार । मोरक्कोलाई अतिरिक्त समयमा घातक बनाउदै एसियाली देश इरानले उपहार गोलबाट विश्वकप फुटबलमा विजयी शुरुवात गरेको छ ।

निर्धारित ९० मिनेटसम्म बराबरी खेलेको इरानका लागि अतिरिक्त समय भाग्यशाली बन्यो । उसका लागि मोरक्कोका अजिज बौहादोजले आत्मघाती गोल गरेर एसियाली देशको भाग्य चम्काई दिए ।

शुक्रबार राती आफन्ै गल्तीले १ शुन्य गोलले पराजित हुँदा मोरक्को निराश भयो । तर इरानले भने वाहीवाही पायो । हिजो उद्घाटन खेलमा आयोजक रुससँग ५ शुन्यले हारेपछि साउदी अरेबियाबाट एसियाली देशका फुटबल फ्यान निराश थिए ।

इरानले भने उपहार गोलबाटै भएपनि विश्वकपमा विजयी शुरुवात गरेको छ । मोरक्को अन्तिम एक मिनेटमा सम्हालिन नसक्दा शुरुमै तीन अंक गुमायो । इरानले भने मोरक्कोलाई रोक्न सक्नुको फाइदा मात्र्र लिएन, उपहार गोलबाट ३ अंक पनि जोड्न सक्यो ।

समूह बी को पहिलो खेलमा इरानले बाजी मार्दा यो समूहका स्पेन र पोर्चुगल पनि उपाधी दाबेदार भएर विश्वकपमा प्रस्तुत भइरहेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State