स्पेनको पोष्टमा रोनाल्डोको गोल, ४ मिनेटमै पोर्चुगलको अग्रता !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ, २ असार । विश्वकप दाबेदार स्पेनको पोष्टमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले गोल गरेका छ्न ।

उनले पेनाल्टीमा गोल गरेका हुन् । खेल शुरु भएको ४ मिनेटमै रोनाल्डोले गोल गरेपछि पोर्चुगलले शुरुवात अग्रता लिएको छ ।

सन् २०१० को विश्वकप विजेता स्पेन र पोर्चुगल दुबै रुस विश्वकपका उपाधि दाबेदार हुन् । तुलनात्मक रुपमा स्पेनको टोलीभन्दा कमजोर मानिएपनि सन् २०१६ मा युरोकप जितेका रोनाल्डो यो विश्वकप जित्ने लयमा छन् ।

जुन उनले समुह चरणको खेलमा स्पेनसँग पहिलो गोल गरेर देखाइसकेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State