रोनाल्डोको दोश्रो गोल : पोर्चुगलको फेरी अग्रता, दबाबमा स्पेन !


Share This


नेपालबहस संवाददाता    98 Views

काठमाडौँ, २ असार । विश्वकप दाबेदार स्पेनको पोष्टमा ४ मिनेटमै पहिलो गोल गरेका रोनाल्डोले अर्को गोल थपेका छन् । उनले ४४ औँ मिनेटमा दोश्रो गोल गरेका हुन् ।

उनको गोलसँगै पोर्चुगलले पहिलो हाफमा २ – १ को अग्रता लिएको छ । यसअघि डियगो कोस्टाले स्पेनका लागि २४ औँ मिनेटमा बराबरी गोल गरेका थिए ।

रोनाल्डोको गोलबाट पहिलो हाफमा पोर्चुगलले फेरी अग्रता लिएपछि स्पेन भने दबाबमा परेको छ । रोनाल्डोले उपाधि दाबेदार स्पेनलाई हराएर विश्वकप जित्ने आफ्नो क्षमता देखाएका छन् ।

रियललाई लगातार तेश्रो पटक च्याम्पियन्स लिग जिताएका रोनाल्डोले यसअघि पोर्चुगलका लागि युरोकप जितिसकेका छन् ।

तपाईको प्रतिक्रिया