विश्वकपमा रोनाल्डोको ह्याट्रिक, तर स्पेनसँग पोर्चुगलले बराबरी खेल्यो !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ, २ असार । विश्वकप फुटबलमा क्रिष्टियानो रोनाल्डोले पहिलो ह्याट्रिक गरेपनि पोर्चुगलले स्पनेसँग बराबरी खेलेको छ । रुस विश्वकपमा समुह बी मा रहेका स्पेन र पोर्चुगलले प्रतिष्पर्धात्मक रुपमा ३-३ गोलको बराबरी खेलेका हुन् ।

पोर्चुगलका लागि रोनाल्डोले ह्याटिक गरे । उनले ४ औँ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरे भने ४४ औँ मिनेटमा टिमको अग्रता दोब्बर पारे । पहिलो र दोश्रो हाफमा गरी दुई गोल गरेका डियगो कोस्टाले स्पेनका लागि बराबरी गोल फर्काए ।

तर नाचोले ५८ औँ मिनेटमा महत्वपूर्ण गोल गरेपछि स्पेनले अग्रता लिएको थियो । त्यसपछि दबाबमा परेको पोर्चुगल खेल सकिन दुई मिनेट बाँकी छदा रोनाल्डोले फ्रिकिक गोल गर्दैै ह्याट्रिक मात्रै पुरा गरेनन, स्पनेसँगको एक अंक खोस्न पनि सफल भए ।

स्पेन जस्तो बलियो टोलीविरुद्ध उनको गोलले पोर्चुगल पनि विश्वकप उपाधिको दाबेदारका रुपमा उभिएको छ । अब रोनाल्डोले आयोजक रुस, इरान र मोरक्कोसँग कति गोल गर्ने हुन ? त्यो हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State