पोग्बाको निर्णायक गोलले अष्टेलियामाथि फ्रान्सको संघर्षपूर्ण जित


Share This

नेपालबहस संवाददाता    

फ्रान्सले विश्वकप फुटबलमा विजयी शुरुवात गरेको छ । समुह सी मा रहेको फ्रान्सले शनिबार बेलुकी अष्टेलियालाई २ – १ गोलले पराजित गरेको हो ।

फ्रान्सभन्दा कमजोर मानिएको अष्टेलियाले राम्रो खेलेपनि जितका लागि भने सफल हुन सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफको ५८ औँ मिनेटमा इन्टोइनी ग्रिजमेनले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाए ।

तर त्यसको ४ मिनेटमै अष्टेलियाले खेल बराबरीमा ल्यायो । उसका लागि मिले जेडिनकले पेनाल्टीबाटै गोल गरे । त्यसपछि निकै प्रतिष्पर्धात्मक खेलमा पउल पोग्बाले ८० औँ मिनेटमा गोल गर्दै फ्रान्सको जित निश्चित गरे ।

जितपछि फ्रान्स ३ अंक जोड्न सफल भयो । रुस विश्वकपमा विश्व स्टार खेलाडी र उदाउदा नयाँ स्टारले फ्रान्सलाई पनि उपाधि दाबेदारका रुपमा हेरिएको छ । युरोकप फाइनलमा घरमै हारेको फ्रान्स भने अहिले परिपक्व टिमका रुपमा देखिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State