पेरुले पेनाल्टी खेर फाल्दा विश्वकपमा डेनर्माकको विजयी शुरुवात


Share This

नेपालबहस संवाददाता    

विश्वकप फुटबलमा डेनमार्कले विजयी शुरुवात गरेको छ । शनिबार राती डेनमार्कले पेरुलाई १ शुन्य गोलले पराजित गरेको हो ।

डेनमार्कका लागि युसुफ युर्रे पौल्सेनले दोश्रो हाफको ५९ औँ मिनेटमा गरेको एक मात्रै गोल निर्णायक बन्यो ।

त्यसअघि पहिलो हाफको अतिरिक्त समयमा पेरुले पाएको पेनाल्टी खेर फालेको थियो । उसका लागि क्रिष्टियन क्युभावले गोल गर्न सकेनन ।

समूह सी मा रहेको डेनर्माक जितपछि फ्रान्ससँगै ३ अंक जोड्न सफल भएको छ । आजको खेलमा हारेका अष्टेलिया र पेरु भने अंकविहिन छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State