नाइजेरियाका इटिबोको आत्मघाती गोलले क्रोएसियालाई अग्रता


Share This


नेपालबहस संवाददाता    103 Views

विश्वकप फुटबलको समुह सी मा नाइजेरियाविरुद्ध पहिलो हाफमा क्रोएसियाले अग्रता लिएको छ । तर क्रोएसियाको अग्रतामा नाइजेरियाका ओघेनोकारो इटिबोले आत्मघाती गोल गरे ।

उनले खेलको ३२ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् । अर्जेन्टिना र आइसल्याण्ड पनि रहेको यो समूहमा क्रोएसियालाई बलियो टोली मानिएको छ ।

स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर इभान राकिटिक र रियलका लुका मोडिकका कारण पनि क्रोएसिया बलियो छ । उसका लागि यी दुई मिडफिल्डरले जति बेला पनि खेल उल्टाउने क्षमता राख्ने गरेका छन् ।

गत विश्वकपमा क्रोएसिया अन्तिम १६ सम्म पुगेको थियो ।

तपाईको प्रतिक्रिया