क्रोएसिया विश्वकप समुह ‘सी’ को शीर्ष स्थानमा, अर्जेन्टिना पछि पर्यो


Share This

नेपालबहस संवाददाता    

विश्वकफ फुटबलको समुह सी मा रहेको क्रोएसियाले विजयी शुरुवात गरेको छ । अर्जेन्टिना समेत रहेको यो समुहमा क्रोएसियाले पहिलो जितसहित महत्वपूर्ण ३ अंक बटुलेको छ ।

उसले शनिबार राती नाइजेरियालाई २ शुन्य गोलले पराजित गर्यो । क्रोएशियाका लागि नाइजेरियाबाट पहिलो आत्मघाती गोल उपहार पायो भने लुका मोडिकले पेनाल्टीमा गोल थपे ।

पहिलो हाफमा उपहार गोलबाट अग्रता लिएको क्रोएशियाका लागि रियलका मिडफिल्डर मोडिकले ७१ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।

जितपछि अर्जेन्टिनालाई पछि पार्दै क्रोएसिया समुह सी को शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाले भने आइसल्याण्डसँग एक एक गोलको बराबरी खेलेर अंक बाडेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State