पश्चिमी वायुका कारण तराईदेखि पहाडी क्षेत्रसम्म पहेँलोखालको वर्षा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । तराईदेखि पहाडी क्षेत्रसम्म शुक्रबार बेलुकादेखि धुलोसहित पहेँलोखालको हिले वर्षा भइरहेको छ ।  भारतको राजस्थान हुँदै नेपालसम्म आएको पश्चिमी वायुका कारण धुलोसहितको पहेँलो वर्षा भएको हो । यसरी आएको धुलो साढे २ देखि ३ किलोमिटर आकाशमाथि देखिएकाले हिमाली क्षेत्रमा यसको प्रभाव देखिएको छैन ।

शुक्रबारराति बाहिर राखिएका सामानमा धुलै–धुलो देखिएपछि सार्वसाधारण एकछिन अचम्मित भएका थिए । यस्तोखालको वर्षा नेपालमा पहिलोपटक भएको बताइन्छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाका अनुसार अझै धुलो आउने क्रम जारी रहेकाले केही दिन यस्तो खालको वर्षा हुन सक्ने बताइएको छ ।

कस्तो प्रकृतिको धुलोसहितको पानी परेको हो भन्ने विषयमा अहिले भन्न नसकिए पनि बाहिर हिड्दा शरीर ढाक्ने गरी कपडा लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् । यस्तो पानीको प्रयोगले झाडाबान्ता, टाइफाइड, जन्डिसजन्य महामारीका साथै छाला र आँखाको समस्या निम्ताउने खतरा पनि हुन्छ ।

विज्ञहरुको अनुसार दूषित वर्षा भइरहेकाले भिज्नु पनि हानिकारक हुन्छ । विज्ञहरुले यस्तो पानी प्रयोग नर्गन सुझाव दिएका छन ।

तपाईको प्रतिक्रिया
Road Show Real State