राष्ट्रपति भण्डारीको आह्वानमा संघीय संसद्को संयुक्त बैठक आज बस्दै


Share This


नेपालबहस संवाददाता    66 Views

काठमाडौं । संयुक्त कार्यसञ्चालन नियमावली पारित गर्न संघीय संसद्को संयुक्त बैठक आज बोलाइएको छ । नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुँदा भने राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक बसेको थियो ।

संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आजका लागि आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दुवै सदनको बैठक आज दिउँसो ४ बजे बस्नेछ । त्यही बेला संयुक्त बैठकको जानकारी दिइने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपीशर्मा ओलीले चीन भ्रमणका विषयमा जानकारी गराउने कार्यक्रम  छ ।

प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन बजेटमाथि भने छलफल जारी छ । ऋाज महिला, बालबालिकातथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया