हाइड्रोलिक फेल हुदा यतिको विमान दुर्घटनाबाट जोगियो


Share This

नेपालबहस संवाददाता    

पोखरा । काठमाडौंबाट पोखरा आएको यति एयरको एएचयू–६८१ नम्बरको जहाज हाइड्रोलिक फेल भएपछि आइतबार पोखरा विमानस्थलको रनवेभन्दा बाहिर गएको छ ।

दिउँसो पौने ३ बजे अवतरणपछि पार्किङमा ल्याउने क्रममा जहाज रनवेभन्दा बाहिर गएपनि यात्रु र चालक दलका सबै सकुशल छन्।

पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेलका अनुसार विमानमा ३० यात्रु र चालक दलका तीनजना भएको जहाज पार्किङमा ल्याउँदै गर्दा हाइड्रोलिक फेल भएपछि दुर्घटना हुन बाट बचेको हो ।

अवतरणका क्रममा हाइड्रोलिकले काम नगरेपछि रनवे बाहिर पुगेर रोकिएको जहाजबाट यात्रु र चालक दलकासबै सदस्य बाहिर निस्किसकेको उनले बताए।

यति एयरले प्राविधिक टोली बोलाएकाले त्यसकै प्रतीक्षामा रहेको विमानस्थलले जनाएको छ।

तपाईको प्रतिक्रिया
Road Show Real State