सर्बियासँग घुडा टेक्यो कोष्टारिका, अलेक्जेन्डरको गोलले पराजित


Share This

नेपालबहस संवाददाता    

विश्वकै उत्कृष्ट गोेल किपरमध्येका एक किलर नाभासको टिम कोष्टारिकालाई सर्बियाले पहिलो खेलमै घुडा टेकाएको छ ।

रियल मडिडका किपर नाभासलाई समेत जिल पार्दै अलेक्जेन्डर कोलारोभले फ्रिकिक गोल गर्दै सर्बियालाई एक शुन्य गोलको जित दिलाएका थिए ।

दुबै टिमले बराबरी प्रदर्शन सँगै समान दश दश वटा प्रहार विपक्षीको पोष्टमा हानेका थिए । जसलाई दुबै टिमका किपरले उत्कृष्ट बचाउ गरे ।

एक गोलकै भरका जित निकालेको सर्बिया ग्रुप इ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ब्राजिल र स्वीटजरल्याण्डले बरबरी खेलेपछि सर्बिया ३ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

तपाईको प्रतिक्रिया
Road Show Real State