रुस विश्वकप : उपाधि दाबेदारको बराबरी नतिजा, बलिया टिमको कमजोर प्रदर्शन !


Share This

नेपालबहस संवाददाता    

जसरी पोर्चुगलले अप्रत्याशित रुपमा सन २०१६ को युरोकप जित्यो, त्यसरी नै अहिले रुस विश्वको उपाधि पनि पोर्चुगल वा त्यस्तै कुनै टिमले जित्यो भन्दा आश्चर्य मान्नु नपर्ला ।

विश्वकप समुह चरणका खेल नतिजा हेर्ने हो भने उपाधि दाबेदार जति टिम बराबरीमै रोकिएका छन् । अनि अरु थप उत्कृष्ट र बलिया भनिएका टिमको प्रदर्शन निकै फितलो देखिएको छ ।

गत विश्वकपकै विजेता जर्मनी मेक्सिकोसँग हार्यो । उसको प्रदर्शन हेर्दा विश्वकपको अघिल्लो चरण पुग्न जर्मनीलाई कठिन देखिन्छ ।

यस्तै उपाधि दाबेदार ब्राजिल, स्पेन, अर्जेन्टिना, पोर्चुगल पनि बराबरीमै रोकिएका छन् । अनि फ्रान्स र उरुग्वेले मुश्किलले जित निकालेपनि विश्वकप नै जित्छन भनेर ढुक्क हुने आधार छैन् ।

युरोकपमा समुह चरणका तीन वटै खेल बराबरी खेलेर समुह चरण पार गरेको पोर्चुगलले बलियो टोली फ्रान्सलाई हराउदै पहिलो पटक उपाधि जित्यो । त्यसरी नै रुस विश्वकपमा पनि कसले बाजी मार्ला भनेर अहिले गरिएका अनुमान गलत पनि भई दिन सक्छन् ।

त्यसैले नेपाली फ्यानले पनि आफ्नो टिमले ढुक्कले जितिहाल्छ भनेर भन्नु भन्दा अब अलि होश गर्नुपर्ला जस्तो देखिन्छ । पछिल्ला १२ खेल नहारेको नेयमारको टिम ब्राजिल बराबरीमै रोकिनु, मेस्सी पेनाल्टीमा चुक्नु, रोनाल्डोले ह्याटिक गरेर स्पेनसँग बराबरी खेल्नु लगायतका नतिजाले विश्वकप थप रोमाञ्चक बनेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State