इब्राहिमोभिकबिनाको स्वीडनले रोक्न सक्ला त दक्षिण कोरियालाई ?


Share This


नेपालबहस संवाददाता    108 Views

विश्वकप फुटबलमा आजको पहिलो खेलमा स्वीडेन र दक्षिण कोरिया खेल्दैछन् । तर दुःखका साथ भन्ने हो भने स्वीडेनका सुपरस्टार जाल्टान इब्राहिमोभिक यस बर्ष टिममा छैनन् ।

३९ बर्षका उनलाई विश्वकप टोलीमै समेटिएको छैन् । हरेक बर्ष समूह चरण पार गर्न नसकेको स्वीडेन यस बर्ष नयाँ खेलाडीका साथ रुस मैदान पुगेको छ ।

तर पछिल्लो समय प्रिमियर लिग खेल्ने टोलीका दक्षिण कोरिएन खेलाडीलाई रोक्न भने स्वीडेनलाई निकै गाह्रो देखिन्छ । कोरियाका सन हिंग मिन स्वीडेनका लागि झन खतरानाक देखिन्छन् ।

उनले टोटेनहयामबाट राम्रो गोल समेत गर्दै आएका छन् । स्वीडेन र दक्षिण कोरियाबीच अहिलेसम्म भेट भएको छैन । यी दुई बीचको खेल बेलुकी पौने ६ बजेदेखि शुरु हुनेछ ।

तपाईको प्रतिक्रिया