इंग्ल्याण्ड भर्सेज ट्युनिसिया : ह्यारी केनले तोड्लान रोनीको ‘जिंक’


Share This


नेपालबहस संवाददाता    735 Views

वायन रोनीले अचानक सन्यास घोषणा गरेपछि इंग्ल्याण्डको कप्तानी ह्यारी केनले सम्हालेका छन् । जसलाई सोमबार राती रोनीको ‘खराब जिंक’ तोड्ने चुनौति छ ।

ट्युनिसियासँग पौने १२ बजे हुने खेलमा केनसँगै टोटेनह्यामका सारथी डेल अलि मुख्य भरोसा हुनेछन् । टोटेनह्यामका नयाँ ग्यारेथ बेलका रुपमा हेरिएका अलिबाट इंग्ल्याण्डले विश्वकपमा सुखद शुरुवात चाहेको छ ।

प्रिमियर लिगका उत्कृष्ट मिडफिल्डरमध्येका एक अलि नयाँ र छिटो पास दिन सक्ने तथा गोल हान्न सक्ने खेलाडी हुन् । केनले अलिकै साथ लिएर विपक्षीको पोष्टमा आक्रमण गर्ने सोच बनाएका छन् । यसअघि रोनीले लगातार विश्वकपमा टिमलाई पुर्याएपनि कहिल्यै गतिलो प्रदर्शन गर्न सकेनन ।

त्यसैले यसपटक म्यान्चेष्टर युनाइटेटका रेकर्ड होल्डर पुर्व खेलाडी रोनीको खराब लयलाई बिर्सेर नयाँ क्षमता देखाउने चुनौति केनसामु छ ।

तपाईको प्रतिक्रिया