आफैले बनाएको न्युरो अस्पतालमा डा. उपेन्द्र देवकोटाको निधन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं, ४ असार । पित्तथैलीको क्यान्सरले ग्रस्त वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । झण्डै दुई महिनासम्म क्यान्सरको अन्तिम अवस्थामा मात्रै रोगको पहिचान पाएर मृत्यु कुरिरहेका देवकोटाको सोमबार साँझ निधन भएको हो ।

उनी आफैले स्थापना गरेको बाँसबारीको नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स न्युरो अस्पतालले सोमबार साँझ ५ बजेर ३५ मिनेटमा देवकोटाको निधन भएको घोषणा गरेको हो ।

उनको निधनमा सामाजिक सञ्जाल श्रद्धाञ्जलीले भरिएको छ । यस्तै विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्था र व्यक्तिहरुले उनको निधनमा शोक व्यक्त गरेका छ्न ।

बेलायतमा पित्तथैलीको क्यान्सरको उपचार गराएपनि बाच्ने अवस्था नरहेपछि डा. देवकोटा मृत्युलाई साथ बोकेर नेपाल आएका हुन् । बिरामी भएकै अवस्थामा उनले आफ्नो जन्मघर गोरखा पुर्याइएको थियो ।

त्यसको एकहप्ता पनि नबित्दै देवकोटाको सोमबार साँझ निधन भएको हो । उनको मंगलबार नै अन्त्येष्टि गरिने उनका परिवारका सदस्यले जनाएका छन ।

तपाईको प्रतिक्रिया
Road Show Real State