एसियाली देश दक्षिण कोरियालाई स्वीडेनले पेनाल्टीमा स्तब्ध बनायो !


Share This

नेपालबहस संवाददाता    

रुस विश्वकप फुटबलमा स्वीडेनले विजयी शुरुवात गरेको छ । जाल्टान इब्राहिमोभिक बिनाको स्वीडेनले एसियाली देश दक्षिण कोरियालाई १— ० ले हराएको हो ।

सोमबार साँझको खेलमा कोरियाको शुरुवाती आक्रमण राम्रो गरेको थियो । उसले स्वीडेनका खेलाडीबाट ट्याकल र फल पाएपनि सामान्य रुपमा खेलिरहेको थियो ।

तर दोश्रो हाफपछि स्वीडेन आक्रामक बन्यो । उसले लगातार पोष्ट चार्ज गर्न थालेपछि कोरियन डिफेन्स आत्तिएको थियो । जसमा कोरियाका किम मिनले स्वीडेनका भिक्टरलाई गोल हुन नदिन रोक्दा उनको खुट्टामा ट्याकल भएको थियो ।

शुरुमा पेनाल्टी नपाएको स्वीडेनले अपिल गरेपछि भिडियो प्रविधि भीएआरबाट गोल गर्ने अवसरका रुपमा पेनाल्टी मौका पाए । जसमा कप्तान ग्रान्कभिस्ट चुकेनन ।

६५ औं मिनेटमा उनको पेनाल्टी गोलले अग्रता लिएको स्वीडेनले कोरियालाई गोल गर्न नदिएपछि विजयी भएको हो ।

जितसँगै स्वीडेनले ३ अंक जोडेको छ । यो समुहमा हिजो मेक्सिकोले जर्मनीलाई पनि १ शुन्य गोलले हराएको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State