बेल्जियमलाई पनामाले पहिलो हाफमा गोलरहित बराबरीमा रोक्यो


Share This

नेपालबहस संवाददाता    

फिष्ट, ४ रुस । बेल्जियमको ‘गोल्डेन इरा’ टिमलाई पनामाले पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।

इडेन हाजार्ड, रोमेलु लुकाकु र केभिन डि ब्रुयनीका ९ वटा प्रहार पनामाले गोल हुन दिएन । जसमध्ये तीन वटा प्रहार पोष्टमा लागेर फर्किएका थिए ।

६५ प्रतिशत बल पोजिसनमा राखेर आक्रमणलाई निरन्तरता दिएको बेल्जियमले भने कुनै पनि प्रहारलाई जाली चुमाउन सकेको छैन् ।

 

पनामाले भने जम्मा ३ वटा मात्रै प्रहार गरेको छ । दुबै टोलीका खेलाडीले फितलो प्रदर्शन गरेका छन् भने समग्रमा १८ वटा फउल खेलेका छन ।

पनाामाले हाजार्डलाई लडाउदा दुई वटा पहेलो कार्ड पाएको छ । तर बेल्जियमले भने एउटा पहेलो कार्ड पाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State