रुस विश्वकपमा पनामालाई हराउदै बेल्जियमको विजयी शुरुवात


Share This


नेपालबहस संवाददाता    142 Views

फेष्ट, ४ असार । रुस विश्वकप फुटबलमा बेल्जियमले पनामामाथि रवाफिलो जित हात पारेको छ । विश्वकपको पहिलो खेलमा उसले सोमबार राती पनामालाई ३ शुन्य गोलले हराएको हो ।

पहिलो हाफ गोलरसहित बराबरीमा सकिएको खेलमा रोमेलु लुकाकुले दोश्रो हाफमा दुई गोल गरे । बेल्जियमका लागि पहिलो गोल भने डिरिज मार्टेन्सले ४७ आँै मिनेटमा गरेका थिए ।

मार्टेन्सपछि पनामाको गोल पोष्टमा लुकाकुले ६ मिनेटमा दुई गोल गरे । ६९ औँ मिनेटमा पहिलो गोल गरेका लुकाकुले ७५ आँै मिनेटमा व्यक्तिगत दोश्रो गोल गरे ।

जितपछि बेल्जियमको गोल्डेन इरा टिमले ३ अंक बटुलेको छ । रुस विश्वकपमा बेल्जियम पनि निकै उत्कृष्ट टिमका रुपमा प्रतिष्पर्धा गरिरहेको छ ।

खेलमा निकै हावी देखिएपनि कप्तान इडेन हाजार्ड र मिडफिल्डर केभिन डी ब्रुयनीले गोल गर्न सकेनन् । यद्यपी उनीहरुले लुकाकुलाई राम्रो साथ दिए ।

म्यान्चेष्टर युनाइटेडका फरवार्ड लुकाकु गत सिजन मात्रै एभर्टन छाडेर जोशे माउरिन्होको टिममा आएका थिए ।

तपाईको प्रतिक्रिया