विश्वकपमा इंग्ल्याण्डको पनि विजयी शुरुवात, ह्यारी केनले दिलाए पहिलो जित !


Share This


नेपालबहस संवाददाता    152 Views

एरिना, ४ असार । रुस विश्वकप फुटबलमा कप्तान ह्यारी केनको व्यक्तिगत प्रदर्शनका आधारमा इंग्ल्याण्डले विजयी शुरुवात गरेको छ ।

निर्धारित ९० मिनेटसम्म एक एक गोलको बराबरीमा रोकेको ट्युनिसियालाई हराउन ह्यारी केनले अतिरिक्त समयमा उत्कृष्ट हेड गोल गरे ।

त्यसअघि उनले ११ औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । तर ट्युनिसियाका फेरजिनी सासीले खेलको ३५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि लगभग बराबरीमै सकिन लागेको खेलमा अतिरिक्त समयको पहिलो मिनेटमै ह्यारीले उत्कृष्ट हेड गोल गर्दै इंग्ल्याण्डलाई तीन अंक दिलाएका हुन् ।

यो जितका लागि सब्स्टिच्युट खेलाडी ह्यारी मागुरेले केनलाई लामो पास उपलब्ध गराएका थिए । उनले डेल अलिलाई रिप्लेस गरेका थिए ।

समूह जी अन्तर्गत सोमबार राती नै बेल्जियमले पनामालाई तीन शुन्यले हराएर विजयी शुरुवात गरेको थियो । यो समूहबाट बेल्जियम र इंग्ल्याण्ड नै अघिल्लो चरण जाने बलिया टिम हुन ।

ह्यारीले कप्तानी सम्हालेर दुई गोल गरेसँगै वायन रोनीको जिंक पनि तोड्न सफल भएका छन् । म्यान्चेष्टर युनाइटेडका रोनीले यसअघि लामो समय इंग्ल्याण्डको नेतृत्व गरेपनि टोलीलाई खासै जित दिलाउन सकेका थिएनन् ।

यद्यपी रोनी इंग्ल्याण्डका सर्वाधिक गोलकर्ता हुन् ।

तपाईको प्रतिक्रिया