काँग्रेस विजयीको ’स्पिड‘ बढाउँदै


Share This

नेपालबहस संवाददाता    

१६ असार, काठमाडौं । गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका नवल मल्ल तीन हजार ३६९ र कमला ठगुन्ना तीन हजार ४०७ मत प्राप्त गरी विजयी भएका छन् ।

मल्लका प्रतिद्वन्द्वी नेकपा (एमाले)का वीरेन्द्र मल्लले एक हजार ९४६ र ठगुन्नाका प्रतिद्वन्द्वी कृष्णा ओझाले एक हजार ८७३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी आलिताल गाउँपालिका अध्यक्षमा काँग्रेसकै बलबहादुर गुरुङ दुई हजार २६१ र उपाध्यक्षमा जलादेवी बोगटी दुई हजार २४२ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी क्रमशः माओवादी केन्द्रका जगत पार्कीले दुई हजार ९८ र उपाध्यक्षका उम्मेदवार हरिना खत्रीले एक हजार ९९४ मत प्राप्त गरेका छन् ।

त्यस्तै भागेश्वर गाउँपालिकामा अध्यक्षमा कौशिला भट्ट दुई हजार सात र उपाध्यक्षमा पदम बोहरा एक हजार ८४४ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी क्रमशः एमालेका विष्णु ठकुराठीले एक हजार ८४४ र कमला मालीले एक हजार ४९५ मत ल्याएका हुन् ।

कोहलपुर नगरपालिका–१५ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित पूरै समूह विजयी भएको छ ।

काँग्रेसका पतिराम थारु ७४१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका ओमप्रकाश थारुले ६६१ मत प्राप्त गरेका छन् ।

उता, सुनसरी दुहवी नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका अरविन्द्रकुमार विश्वासले ६२० मत प्राप्त गरी विजयी भएका छन्।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको गाउँमा सोहि पार्टीका ललितनारायण चौधरीलाई १४० मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार