बुद्ध एयरको आजदेखि काठमाडौ —वाराणसी उडान सुरु, मुख्यमन्त्री आदित्यनाथले स्वागत गर्ने


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ । बुद्ध एयरले आज देखि काठमाडौंबाट भारतको वाराणसी उडान शुरु गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दे हप्ताको २ पटक सेवा सुरु गर्न लागेको कम्पनीले जनाएको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उडानको उद्घाटन गर्दे बुद्ध एयरको नयाँ उडानले नेपाल—भारतबीच अझ पर्यटनको विकासमा टेवा पुग्ने बताए ।

बुद्ध एयरको काठमाडौँ—वाराणसी उडानले नेपालको पर्यटकीय क्षेत्रमा निकै महत्व राख्ने र उत्तर प्रदेश नेपालबीचको पर्यटकीय क्षेत्रलाई सहयोग पुग्ने बताएका छन् ।नेपाल भारतको धार्मिक पर्यटनको लागि निकै नजिकको छिमेकी राष्ट्र भएको कारण काठमाडौँ—वाराणसी उडान भर्नु नेपालको लागि खुशीको कुरा भएको मन्त्री अधिकारीको भनाई छ ।

यस्तै पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले नेपालगञ्ज, जनकपुर र विराटनगरबाट पश्चिमी विभिन्न देशहरुमा उडान भर्ने कामको तयारी भइरहेको भन्दै विराटनगरमा भने संरचना निर्माणको काम भइरहेको पनि जानकारी दिए ।

बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्नु देशको लागि खुशीको कुरा भएको भन्दै मन्त्री अधिकारीले विमान उडानले देशको विकास र सम्बृद्धीको लागि नयाँ ठाँउमा सेवा सुरु गर्नु निकै महत्वपूर्ण भएको बताए ।

देश विकासको लागि नेपाल सरकार र भारतको सबै राज्यले सहकार्य गर्न सकेको खण्डमा निकै राम्रो हुने कुरा पनि धारणा ब्यक्त गरे । यस्तै बुद्ध एयरको प्रमुख बीरेन्द्र बहादुर बस्नेतले नेपालको पशुपति, मुक्तिनाथ, जनकपुरको जानकी मन्दिर लगायत धेरै पर्यटकीय क्षेत्रले आकर्षण गर्ने भएर नयाँ ठाउँमा उडान सुरु गरिएको जनाए ।

मध्यवर्खाको समयमा कति यात्रु आउने जाने गर्छन् भन्ने कुराको जानकारी लिनको लागि पनि यो समयमा उडान भरिएको बस्नेतको भनाई छ  काठमाडौँ—वाराणसी यो उडानलाई भारतको उत्तरप्रदेशको सरकारले निकै महत्वका साथ हेरेको कारण उडानमा सहज हुने जनाएको छ ।

आज नेपालबाट २ः४५ मा गएको पहिलो बुद्ध एयरको उडानलाई भारतको उत्तरप्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ, पर्यटनमन्त्री लगायतको टोलिले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

महाकुम्भ मेला पनि हुने भएको कारण उडानले नेपाल र भारतको उत्तर प्रदेशलाई सहजै जोड्ने नेपालले आशा रहेको छ । ४५ जनाको जहाँजको सिटमा आज ४० जना आज भारत गएका छन् । उडान स्थापित भएको खण्डमा ७० सिट पनि संचालन गरिने छ । प्रत्येक शुक्रबार र सोमबार काठमाडौ —वाराणसी उडान हुने बुद्ध एयरको प्रमुख बिरेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार