मेस्सीको बिदाई, फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा !


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ, १६ असार । लियोनल मेस्सीको टिम अर्जेन्टिना विश्वकप फुटबलबाट बाहिरिएको छ । फ्रान्सले ४–३ गोल अन्तरले हराएपछि मेस्सीको टिम विश्वकप फुटबलबाट बाहिरिएको हो ।

फ्रान्सलाई क्वाटरफाइनल पुर्याउन किलिएन एमबाप्पेले २ गोल गरे भने एन्टोइनी ग्रिजमेन र पाभोनका नाममा एक गोल रह्यो ।

अर्जेन्टिनाका डि मारिया, अग्वेरो र मार्काडोले एक एक गोल फर्काएपनि त्यो जितका लागि पर्याप्त भएन ।

मेस्सीको बिदाई

अर्जेन्टिनाको हारसँगै मेस्सी अब घर फर्किएका छन । उनले आजको खेलमा दुई गोलका लागि सहयोग गरेपनि कुनै गोल भने गर्न सकेनन ।

उनले सन्यास फिर्ता लिएर रुस विश्वकप खेल्न अर्जेन्टिना फर्किएका थिए । तर रुस विश्वकपमा पनि फितलो प्रदर्शन गरेका उनी थप निराश भएका छन् । ३१ बर्षका मेस्सीले हारसँगै सन्यास लिन सक्ने अनुमान गरिएको छ ।

यसअघि उनले रुस विश्वकपबाट सन्यास लिने बताइसकेका छन् ।

तपाईको प्रतिक्रिया