७ मिनेटमै काभानीको गोल : उरुग्वेको अग्रता, रोनाल्डोमाथि दबाब !


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ, १७ असार । रुस विश्वकप फुटबलको अन्तिम १६ अन्तर्गत पोर्चुगलसँगको खेलमा उरुग्वेले शुरुवाती अग्रता लिएको छ ।

उसका लागि एडिसन काभानीले खेल शुरु भएको ७ मिनेटमै गोल गरेका छन् । उनले क्रिष्टियानो रोनाल्डोको ७ नम्बर जर्सीमै आफ्नो नाममा पहिलो गोल हानेका हुन् ।

उनको गोलपछि सुपरस्टार रोनाल्डोमाथि दबाब बढेको छ । आफुलाई विश्वकै उत्कृष्ट साबित गर्न पनि पनि रोनाल्डोलाई रुस विश्वकपमा अब्बल प्रमाणित गर्नुपर्ने छ ।

दुई बर्षअघि युरोकप जितेका रोनाल्डोले समुह चरणमै ४ गोल गरेर रुस विश्वकप जित्ने दाउमा छन् ।

तपाईको प्रतिक्रिया