काभानीको व्यक्तिगत दोश्रो गोल, उरुग्वेको फेरी अग्रता


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ, १७ असार । विश्वकप फुटबलमा एडिसन काभानीले उरुग्वेका लागि व्यक्तिगत दोश्रो गोल गरेका छन् । ७ मिनेटमै पहिलो गोल गरेका उनले ६२ औँ मिनेटमा दोश्रो गोल गरेका हुन् ।

पोर्चुगलका पेपेले ५५ औँ मिनेटमा पहिलो गोल गरेर खेल बराबरीमा ल्याएपनि त्यसको ९ मिनेटमा काभानीले उरुग्वेका लागि दोश्रो गोल थपेका हुन् ।

काभानीको गोलपछि खेल रोमाञ्चक बनेको छ । आजको खेलमा पोर्चुगलका रोनाल्डो र उरुग्वेका लुइस स्वारेज खासै चल्न सकेका छैनन् । यद्यपी स्वारेजभन्दा रोनाल्डोलाई आजको खेल जिताउनुभन्दा जिम्मेवारी छ ।

तपाईको प्रतिक्रिया