मेस्सीसँगै रोनाल्डोको पनि बिदाई, पोर्चुगललाई हराउँदै उरुग्वे पुग्यो क्वाटरफाइनलमा !


Share This


नेपालबहस संवाददाता    

असार । लियोनल मेस्सीसँगै क्रिष्टियानो रोनाल्डो पनि रुस विश्वकपबाट घर फर्किएका छ्न । अर्जेन्टिनाले फ्रान्ससँग हारेको ३ घण्टामै पोर्चुगल पनि उरुग्वेसँग हारेर उसका कप्तान रोनाल्डो घर फर्किएका हुन् ।

रोनाल्डो जस्तो सुपरस्टारलाई हराउने उरुग्वे भने विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ । उरुग्वेका लागि एडिसन काभानीले दुई गोल गरे । पोर्चुगलका पेपेले एक गोल फर्काएपनि त्यो पर्याप्त भएन ।

मेस्सी विश्वकबाट बाहिरिएको केही क्षणमै रोनाल्डो पनि बाहिरिएका हुन् । दुबै जना रुस विश्वकपबाट संगैँ बाहिरिएका हुन् । सम्भवतः मेस्सी र रोनाल्डोका लागि यो नै अन्तिम विश्वकप हुनसक्ने सम्भावना छ ।

मेस्सीले रुस विश्वकपपछि सन्यास लिने बताएपनि रोनाल्डो भने अझै केही बर्ष खेल्ने मुडमा छन् ।

तपाईको प्रतिक्रिया