मेस्सीलाई घर पठाउने एम्बाप्पे को हुन ? जित्लान गोल्डेन बुट !


Share This


नेपालबहस संवाददाता    

काठमाडौ, १७ असार । रुस विश्वकपका सबैभन्दा कान्छा खेलाडी । तर विश्वकै दोश्रो महंगा फरवार्ड । विश्वकप डेब्युमा फ्रान्सका सर्वाधिक गोलकर्ता ।

नेयमारपछि फ्रेन्च क्लब पीएसजीका महंगा फरवार्ड किलिएन एम्बाप्पले फुटबलका जादुगर मेस्सीलाई विश्वकपबाट घर फर्काई दिएका छन् ।

शनिबार राती मेस्सीको टिम अर्जेन्टिनालाई २ गोल हानेर घर फर्काइ दिएका एम्बाप्पे निकै चर्चामा छन् । चार मिनेटमा दुई गोल गरेको एम्बाप्पेको खेल शैली निर्क उत्कृष्ट छ । उनले जस्तोसुकै अवस्थामा पनि टिमका लागि राम्रो फिनिसरको भूमिका खेल्न सक्छन् भन्ने रुस विश्वकपमा प्रमाणित गरिरहेका छन् ।

कान्छा खेलाडी, सर्वाधिक गोलकर्ता !

१९ बर्षका एम्बाप्पे रुस विश्वकपका सबैभन्दा कान्छा खेलाडी हुन् । उनले रुसमै विश्वकपमा डेब्यु गरेका हुन् ।

डेब्यु र कान्छा खेलाडी भएपनि एम्बाप्पेले रुस विश्वकपमा फ्रान्सका तर्फबाट सर्वाधिक ३ गोल गरिसकेका छन् । उनका सारथी एन्टोइनी ग्रिजमेन र ओलभर जिरउड भने निकै पछाडी छन् ।

मेस्सीलाई कसरी घर पठाए ?

ग्रिजमेनले दुई गोल गरेपनि चेल्सीका फरवार्ड जिरउड भने गोललेस छन् । शनिबार पनि ग्रिजमेनको पेनाल्टी गोल एम्बाप्पेले तयार गरिदिएका थिए ।

उनले आफ्नो डिब्क्सबाट दौडाउँदै बल अगाडी बढाएर गोल हान्ने क्रममा अर्जेन्टिनाको डिबक्सभित्र लडेका थिए । उनलाई मास्चेरानोले लडाएपछि रेफ्रीले पेनाल्टी दिए ।

जसमा ग्रिजमेन गोल गर्न सफल भए । उनकै सहयोगले ग्रिजमेनले गोल गर्दा मेस्सी दबाबमा थिए । तर पहिलो हाफको अन्तिममा र दोश्रो हाफको शुरुमै गोल गर्दा अर्जेन्टिना निकै आत्मविश्वासी देखिएको थियो ।

जब फान्सका पाभिनले बराबरी गोल फर्काए । त्यसपछि भने खेल जिताउने नेतृत्व एम्बाप्पेले पुरा गरेका थिए ।

दोश्रो हाफको ६४ औँ मिनेटमा ओलिभर जिरउडको सटिक पासलाई उत्कृष्ट गोलमा परिणत गरेका एम्बाप्पेले त्यसको ४ मिनेटमै अर्को गोल थपेका थिए ।

त्यसपछि लगभग हार निश्चित बनिसकेको मेस्सीको टिम भने निरिह देखिएको थियो । अन्तिम सब्स्ट्च्यिुट खेलाडीका रुपमा मैदान छिरेका अग्वेरोले अतिरिक्त समयमा एक गोल गरेपनि त्यो जितका लागि पर्याप्त भएन ।

एम्बाप्पेकै चमात्कारिक प्रदर्शनपछि फ्रान्सले ३८ बर्षपछि अर्जेन्टिनालाई हराउँदै क्वाटरफाइनल पुग्न सफल बन्ने इतिहास बनाएको हो । उसका सुपरस्टार एम्बाप्पे विश्वकै फुटबलका जादु मेस्सीलाई घर नै फर्काई दिए ।

जित्लान त गोल्डेन बुट

१९ बर्षका एम्बाप्पेको यस्तै प्रदर्शन कायमै रहने हो भने फ्रान्सले विश्वकप जित्न बेर छैन । तर उनको गोलले निरन्तरता पाउने हो भने गोल्डेन बुट जित्ने निश्चित छ ।

विश्वकप जित्न फरवार्ड मात्रै नभई सबै खेलाडी राम्रो खेल्नुपर्छ । तर उनले समुह चरणमा एक र नकआउट चरणमा दुई गरी अहिलेसम्म तीन गोल गरेका छन् ।

उनी अझै इंग्ल्याण्डका सर्वाधिक गोलकर्ता ह्यारी केन (५), पोर्चुगलका रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकु (४) गोल भन्दा पछाडी छन् । यद्यपी उनले गोल गर्ने हो भने असम्भव छैन ।

को हुन एम्बाप्पे ?

विश्वकपमा सबैभन्दा कान्छा खेलाडी र कम उमेरमै विश्वकै महंगो सुपरस्टार एम्बाप्पे फ्रान्सका हुन् ।

सन १९९८ मा फ्रान्सको बोन्डीमा जन्मेका उनले आफ्नो फुटबलको जादु भने शुरुमा घरेलु क्लब मोनाकोबाट देखाएका थिए ।

उनकै जादुले मोनाको दुई बर्ष अघि च्याम्पियन्स लिगको सेमीफाइनल पुगेको थियो । तर स्पेनिस जायन्ट रोनाल्डोको टिम रियल मडिडले एम्बाप्पेलाई निराश बनाई दियो ।

त्यसपछि उनको क्रेज र महत्व बढेको थियो । त्यसलगत्तै रियलले उनीमाथि आँखा लगाएको पनि थियो । तर रियल गएपनि बढी बेन्चमै बस्नुपर्ने सोचेर उनी बार्सिलोनाबाट पिएसजी पुगेका नेयमारसँग जोडिए ।

त्यतिबेलासम्म नेयमार पिएसजीमा विश्वकै पहिलो महंगो फरवार्ड थिए । उनी २ सय २२ मिलिएनमा बार्सिलोनाबाट पिएसजी भित्रिएका थिए । त्यसपछि उनीसँग पिएसजी भित्रिएका एम्बाप्पे पनि मोनाकोबाट १ सय २८ मिलिएनमा टान्सफर भएका थिए ।

७३ केजीका एम्बाप्पे फ्रान्सका उदाउँदा विश्वकै सुपरस्टार हुन भने रुसमा गोल्डेन बुट जित्ने दाबेदार समेत बनेका छन् ।

तपाईको प्रतिक्रिया