कांग्रेस नियम निलम्बन गर्न असहमत : संसद् बैठक स्थगित


Share This


नेपालबहस संवाददाता    

बैठक पुन :सोमबार ११ बजे बस्दै

काठमाडौं । सरकारले संसद् नियमावलीको नियम निलम्बन गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेपछि प्रतिपक्षको विरोधका कारण आइतबार केहीबेर बसेर आधा घण्टा स्थगित गरिएको संसद बैठक सूचना टाँस गरेर सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

विधेयक पेश गर्ने विषयमा प्रतिपक्षसँग छलफल गर्ने भन्दै संसद् बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो।सभामुख कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएपनि कांग्रेसले नियम निलम्बन गरेर विधेयक संसदमा पेश गर्न सहमत नभए पछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो।

यद्यपी संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा आइतबार आधा घण्टाका लागि स्थगित भएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले स्थगित गरिएको उल्लेख छ।

तपाईको प्रतिक्रिया