देशैभर मनसुन सक्रिय, तीन दिन अझै झरी पर्ने


Share This


नेपालबहस संवाददाता    95 Views

काठमाडौं । देशभर मनसुन सक्रिय भएकाले तीन दिनसम्म पानी परिरहने अनुमान गरिएको छ। नेपालमा आइतबारदेखि मनसुन सक्रिय हुँदा अविरल वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेकाले अझै तीन दिन बिहिबार सम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् मञ्जु बासीले मनसुन सक्रिय हुँदा देशैभर वर्षा भइरहेको बताइन्। वर्षा देशैभर गराउन सक्ने बादल बनिरहेकोले केही दिन झरी लम्बिन सक्ने उनले जानकारी दिइन्।

देशको पश्चिमी र मध्य क्षेत्रमा भारी वर्षा हुनसक्ने उनले बताइन्।देशैभर वर्षा भइरहेको छ। कतै हल्का त केही स्थानमा भारी वर्षा भएको छ। दुईरतीन दिन अझै वर्षा भइराख्ने पूर्वानुमान छु उनले सेतोपाटीसँग भनिन्।वर्षाले तराईका ठाउँ डुबानमा पर्न सक्ने र पहाडी भेगमा पहिरोको जोखिम बढाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार