रोमाञ्चक खेलमा बेल्जियमले पाँच मिनेटमा दुबै बराबरी गोल फर्कायो


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ, १८ असार । विश्वकप फुटबलमा जापान र बेल्जियमबीचको खेल रोमाञ्चक बनेको छ । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोश्रो हाफमा भने गोलको बर्षा नै भएको छ ।

जापानले दोश्रो हाफको शुरुमै गोल गरेर अग्रता लिएपछि बेल्जियमले पाँच मिनेटमा दुई गोल नै फर्काएको छ । उसका लागि जान र फलिनीले गोल फर्काएका छन् ।

बेल्जियमले गोल फर्काएपछि खेल बराबरीमा पुगेको छ र अन्तिम समयमा गोल गर्ने टिमले जित्ने सम्भावना बढेको छ ।

तपाईको प्रतिक्रिया