अतिरिक्त समयमा चुक्यो जापान, बेल्जियम क्वाटरफाइनलमा !


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ, १९ असार । दुई गोलको अग्रता जोगाउन नसक्दा जापान इतिहास बनाउनबाट चुकेको छ । एसियाली देशबाट अन्तिम १६ मा पुगेको जापान अतिरिक्त समयमा सम्हालिन नसक्दा बेल्जियमबाट तीन दुई गोलको हार स्वीकार्न बाध्य भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा ५ गोल भएका थिए । जसमा जापानका दुई गोल र बेल्जियमका नाममा तीन रहन पुगे ।

दोश्रो हाफको शुरुमै दुई गोल गरेर अग्रता लिएको जापानले अन्तिम २५ मिनेटको खेल बाँकी रहदा दुबै गोल खान पुग्यो ।

तर निर्धारित ९० मिनेटसम्म बेल्जियमलाई बराबरीमा रोकेको जापानले अतिरिक्त समयमा २ मिनेट बाँकी छदा चुक्न पुग्यो ।

बेल्जियमका लागि नासर चाड्लीले थप गरिएको चौथो मिनेटमा गोल गर्दै जापानलाई स्तब्ध पारेका हुन् ।

हारपछि एसियाली देश जापान घर फर्केको छ भने बेल्जियम क्वाटरफाइनल पुगेको छ । अब बेल्जियमले सेमिफाइनलका लागि ब्राजिलसँग प्रतिष्पर्धा गर्नेछ । ब्राजिल मेक्सिकोलाई हराउँदै क्वाटरफाइनल पुगेको हो ।

तपाईको प्रतिक्रिया