इमिलले २४ बर्षपछि स्वीडेनलाई विश्वकपको क्वाटरफाइनलमा पुर्याए !


Share This


नेपालबहस संवाददाता    88 Views

काठमाडौं, १९ असार । रुस हिड्न ठिक्क परेको स्वीडेनको टोलीमा जब जाल्टान इब्राहिमोभिक टिममा नपरेको खबर सनसनी फैलियो । तब धेरैले भनेका थिए, स्वीडेन विश्वकपको समूह चरणबाटै घर फर्किन्छ ।

विश्वकै उत्कृष्ट टिममा उत्कृष्ट प्रदर्शन गरिरहेका इब्राहिमोभिक बढ्दो उमेरका कारण टिममा नपरेपछि स्वीडेनी टोलीभित्रै असन्तुष्टि बडेको थियो ।

तर जाल्टान स्वंयम समुह चरणबाट अघि बढ्न नसकेको टिम स्वीडेनले उनीबिनै २४ बर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भयो ।

र यसका नायक रहे इमिल फोर्सबर्ग । सन् १९९४ मा पहिलोपटक विश्वकपमा तेश्रो बनेको टिम त्यसयता कुनै विश्वकपमा क्वाटरफाइनल पुग्न सकेको थिएन ।

पहिलो हाफमा बराबरीमै सकिएपनि स्वीटजरल्याण्डले गोल हान्न सक्ने धेरैको अपेच्छा थियो । तर जार्दन शाकिरीको टिमले इमिलको गोललाई रोक्न सकेन । र ६६ औँ मिनेटमा स्वीडेनका लागि इमिलले विजयी गोल गरे ।

अतिरिक्त समयमा स्वीटजरल्याण्डले रातो कार्ड पाएपनि स्वीडेनले गोल थपेन । बरु पहिल्यै लिएको अग्रतालाई जोगाईराखेर रुस विश्वकपको अन्तिम ८ मा स्थान पक्का गर्यो ।

तपाईको प्रतिक्रिया