इंग्ल्याण्डसँग कोलम्बियालाई ठूलो धक्का, रोडिग्वेज टिममै परेनन् !


Share This


नेपालबहस संवाददाता    135 Views

काठमाडौँ, १९ असार । विश्वकप फुटबलको क्वाटरफाइनलमा पुग्न कोलम्बियालाई ठूलो धक्का लागेको छ । इंग्ल्याण्डजस्तो बलियो टोलीसँग खेलिरहेको कोलम्बियासँग उसका मुख्य हतियार जेम्स रोडिग्वेज छैनन् ।

उनको खुट्टाको चोटका कारण उनी टिममै नपरेका हुन् । उनी विश्वकप अघि नै घाइते थिए । तर घाइते भएपनि खेलिरहेका थिए । जापानसँग उनले खेलेर हारेपनि पोल्याण्डलाई हराएर विश्वकपको अघिल्लो चरण प्रवेश गरेका थिए ।

उनले सेनेगलसँगको निर्णायक खेलमा पनि मैदानमा ३१ मिनेट मात्रै बिताए । तर त्यो खेल कोलम्बियाले नै जित्यो । अन्तिम १६ मा जेम्स टोलीमा फर्किने धेरैको अपेच्छा थियो । तर उनी अन्तिम ११ जना त सब्सिच्युट टोलीमै नपरेपछि इंग्ल्याण्डको मनोबल बढेको छ ।

किनकी उसका लागि रुस विश्वकपका सर्वाधिक गोलकर्तासमेत रहेका कप्तान ह्यारी केन छन् ।

तपाईको प्रतिक्रिया