ह्यारी केनको पेनाल्टी गोल, इंग्ल्याण्डले अग्रता लिएरै छाड्यो !


Share This


नेपालबहस संवाददाता    102 Views

काठमाडौँ, २० असार । विश्वकप फुटबलमा कोलम्बियासँगको अन्तिम १६ मा इंग्ल्याण्डले अग्रता लिएको छ । पहिलो हाफमा बराबरी खेलेको इंग्ल्याण्डले दोश्रो हाफमो अग्रता लिएको हो ।

उसका लागि कप्तान ह्यारी केनले खेलको ५७ औँ मिनेटमा गोल गरेका हुन । त्यो पनि उनले पेनाल्टीमा गोल गर्दा इंग्ल्याण्डले अग्रता लिने मौका पाएको हो

आजको गोलसँगै केनले रुस विश्वकपको गोल्डेन बुट जित्ने सम्भावना बलियो बनाएका छन् । यसअघि ५ गोल गरेका उनले आजको पेनाल्टी गोलसँगै गोल संख्या ६ पुर्याएका छन् ।

तीमध्ये उनले आजसँगै ३ गोल पेनाल्टीमा गरेका हुन् ।

तपाईको प्रतिक्रिया